पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ माघ १२, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १२,काठमाडौँ । पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा गल्याङ्ग नगरपालिका–१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका–५ केराबारी नजिकै पाल्पाबाट बुटवलका लागि छुटेको ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खसेको हो ।

न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस