खप्तड गोल्डकप: उदघाटन खेलमा आयोजक सुदूरपश्चिमसँग काँकडभिट्टा भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष २४, मंगलबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाडौं । तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल आजदेखि सुरु हुँदैछ ।

आयोजक सुदूरपश्चिम एघार स्पोर्टस् क्बल धनगढीले आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघारले मेची नेत्रलय काँकडभिट्टा फुटबल ट्रेनिङ एसोसिएसनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतियोगिता धनगढी रंगशालामा हुँदैछ ।दोस्रो खेलमा पुस २५ गते मोरङ एघारलेे नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताकै तेस्रो दिन भ्याली च्यासलले दिल्ली एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ । पुस २७ गते भने संकटा क्लबले गोर्खा ब्वाइज रुपन्देहीसँग प्रतिस्पर्धा गर्ने छ ।

ए बाट थ्रीस्टार क्लब र एपीएफ क्लबले भने क्वाटरफाइनलबाट मात्रै प्रतिस्पर्धा गर्ने छ । यता, समूह बी बाट मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनको डफिनास टिम फेमेलीले क्वाटरफाइनलबाट प्रतिस्पर्धा गर्ने भएको हो ।

सेमिफाइनलको खेल माघ दुई र तीन गते हुनेछ । त्यस्तै, फाइनल खेल माघ पाँच गते हुनेछ ।

प्रतियोगिता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५-१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस