सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको कति ?

माघ १२, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । बुधबार केही सयले घटेको सुनको मुल्य आज फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मुल्य हो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

संम्बन्धित समचार

Leave a Reply