‘नेपाल/भारत सम्बन्ध रोटी बेटीको मात्र नभई राजनितिक पुरानो सम्बन्ध छ’ : मुख्यमन्त्री यादव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ माघ १२, बिहिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

माघ १२, वीरगञ्ज । प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारतको सम्बन्ध रोटी बेटीको मात्र नभई राजनितक रुपमा समेत धेरै पुरानो रहेको बताएका छन् । भारतको ७४ गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासले आयोजना गरेको बिशेष समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री यादवले यस्तो वताए । भारतको गणतन्त्र दिवसको अवसरमा भारत सरकार एवं सम्पूर्ण भारतवासीमा शुभकामना तथा बधाई दिदै मुख्यमन्त्री यादवले नेपालको विकास यात्रामा भारतको महत्वपूर्ण सहयोग रहेको चर्चा गरे ।

शुभकामना संदेशमा ठूलो संख्यामा नेपाली नागरिकहरुले भारतमा रोजगारी प्राप्त गरी रहेको तथा भारतीय नागरिकहरुले नेपालमा रोजगारी प्राप्त गरी रहेको बताउँदै मुख्यमन्त्री यादवले शिक्षा,स्वास्थ्यको क्षेत्रमा समेत दुबै देश एक अर्काको पुरक भएको बताए । शुभकामना संदेशमा उनले नेपाल भारतको भाषा,सस्कृति भेषभुषा समेत एक जस्तो भएको तथा एक अर्काको सुख– दुःखमा सहभागी हुदै आएको कुरामा जोड दिए । उनले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरुको निकै ठूलो योगदान रहेको तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत भारतीय जनताको समहयोग रहेको बताए । कार्यक्रमका प्रमुख अथिती समेत रहेका उनले भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको सुख्खा बन्दगाह नेपाली उद्योगी व्यवसायीहरुलाई निकै सहयोग बनी रहेको बताए ।

नेपालको हरेक प्राकृतिक बिपतीहरुमा भारतले अतुल्निय सहयोग गरेको बताउँदै नेपाल भारत मिलेर धेरै आयोजनाहरुमा एकसाथ काम गरी रहेको बताए । भारतीय लगानी कर्ताहरुलाई नेपालमा निवेश गर्नका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न तयार रहेको मुख्यमनत्री यादवले बताए । उनले नेपाल सरकार भारतसँग कृषि, स्वास्थ्य र उर्जाको क्षेत्रमा मिलेर काम गर्न चाहेको बताए ।

कार्याक्रममा महावाणिज्य दूसावास वीरगञ्जको तर्फबाट महावाणिज्यदूत नितेश कुमारले सम्पूर्ण भारतीय समुदाय तथा नेपालमा वासोवास गरी रहेका भारतका मित्रहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्ता गरेका थिए । कार्याक्रममा नेपालका प्रतिनिधि सभा सदस्य रामसहाय यादव, राजकुमार गुप्ता, अच्युत मैनाली, अजय चौरसिया,प्रदेश सांसद रमेश पटेल, प्रमोद जैसवाल एवं बिभिन्न संघ सस्थामा प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्याक्रममा वीरगञ्जका बिभिन्न स्कुलका छात्र–छात्राहरुले नृत, गीत, झाकी एवं नाटिकाहरु प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस