नेता पाण्डेद्धारा निर्माणाधिन धार्के-सितापाईला सडकको अनुगमन

माघ १२,काठमाडौँ । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधीसभा धादिङ १ का सांसद राजेन्द्रप्रसाद पाण्डेले धादिङमा निर्माणाधिन धार्के-सितापाईला सडक अनुगमन गरेका छन् ।

बुधबार धादिङ आएका पाण्डेले निर्माणाधिन थाँक्रे गाँउपालिका वडा नं. १ र गल्छी गाउँपालिका वडा नम्बर ८ खयरघारी जोड्ने महेशखोला पुल र धुनिबेशी नगरपालिकाको धार्के बजारबाट काठमाण्डौको सितापाईला जोड्ने बैकल्पीक सडकको स्थलगत अनुगमन गरेका हुन् ।

धार्के–ठूलोखोला सडक खण्ड पूर्णरूपमा कालोपत्रे गरी सम्पन्न गर्न यसअघि नै ठेक्का लागेर काम भईरहेको छ । २०५१ सालमै ट्रयाक खोलिएको यो सडक त्यसयता सामान्य स्तरोन्नति हुँदै आएको थियो ।

निरिक्षणका क्रममा पाण्डेले पक्कि पुल र सडक निर्माणको कामलाई समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीका प्रतिनिधी र सडक डिभिजन कार्यालय नुवाकोटका प्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन् ।

यस सडकको लम्बाई धादिङको धार्केबाट सितापाईला सम्म २४ किलोमिटर रहेको छ । धार्केबाट तिन किलोमिटर सडक कालोपत्रे गर्ने काम केहि महिना अगाडी मात्रै सम्पन्न भएको छ । उपत्यका भित्रने र बाहिरीने सवारी साधनका कारण कलंकी–नौबिसे सडक खण्डमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पीक सडकको रुपमा सितापाईला–धार्के सडकखण्ड निर्माण सुरु गरिएको थियो ।

निरिक्षणका क्रममा सांसद पाण्डेसंगै, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, पुर्व उपमेयर निरु खरेल, वडा अध्यक्ष, ठेकेदार कम्पनीका प्रतिनिधी, सडक डिभिजन कार्यालय नुवाकोटका प्रतिनिधिहरु जनप्रतिनिधी र स्थानियहरुको समेत उपस्थित रहेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply