पहिलो पटक आयोजना गर्न लागेको केपी ओली कप फाल्गुन ११ गतेदेखि हुने

माघ १३, काठमाण्डौँ । नेकपा एमालेको भातृसंगठन युवा संंघले पहिलो पटक आयोजना गर्न लागेको केपी ओली कप फाल्गुन ११ गतेदेखि हुने भएको छ । युवा संघले काठमाडौं एक पत्रकार सम्मेलन गरी प्रतियोगिता फाल्गुन ११ गते देखि १७ गते सम्म काठमाडौंमा हुने जनाएको छ । प्रतियोगितमा ए डिभिजनका ७ र आयोजकको एक टोली गरी कुल ८ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको खेलहरु च्यासल मैदान र एन्फा कम्पेक्स सातदोबाटोमा हुनेछ भने फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद १ लाख पाउँदा उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले नगद ५० हजार पाउनेछन् ।

प्रतियोगितामा प्रत्येक खेल जित्ने टोलीले २५ हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेले १५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता युवा संघका संस्थापक तथा नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी ओली सम्मानका लागि आयोजना गर्न लागेको युवा संघका अध्यक्ष किरण पौडेलले बताएका छन् । एन्फाले यसअघि माघ १० गते विभिन्न मोफसलमा हुने प्रतियोगिताका मिति घोषणा गर्दा केपी ओली कपका लागि फाल्गुन ११ देखि १७ को मिति उपलब्ध गराएको थियो ।

संम्बन्धित समचार

Leave a Reply