बिलबिजक भन्दा बढी मालसामान लिएर आएको दुईवटा गाडी पर्सा प्रहरीको नियन्त्रणमा

Post Thumbnail

दिपू वर्णवाल

माघ १३, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी मालसामान लिएर काठमाडौं जादै गरेको दुईवटा गाडी नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट मेडिकल सामाग्री तथा हार्डवेयरको सामान लोड गरेर काठमाडौ जादै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले एउटा ट्रक र पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।

वीरगञ्ज वडा नं १६ स्थित रेल्वे सडक खण्डबाट ना ३ ख ७७१३ नम्बरको ट्रक र विआर ०५ जिए ९०४२ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा बिलविजकमा भएको भन्दा बढी सामान देखिएकोले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बुढाथोकीले जानकारी दिए । प्रहरीले पक्राउ परेका ट्रकको मूल्य ५९ लाख १८ हजार र पिकअप गाडीमा भएको मेडिकल र हार्डवेयर सामान समेत अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस