नेपाली बजारमा सुनको मूल्य सातामा ६०० रुपैयाँले उकालो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ १४, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ६०० रुपैयाँ प्रतितोलाले बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ थियो । जुन, ६०० रुपैयाँले बढ्दै हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ कायम छ ।

यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान नै कायम गर्‍यो । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६हजार ९०० रुपैयाँसम्म पुगेर फर्किएको छ । यही साताको बिहीबार नेपाली बजारमा सुनले उक्त मूल्य कायम गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस