रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १४, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौँ । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् । शुक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको समर्थनमा आज बिहान पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।

पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस