रवि लामिछाने जिल्ला प्रशासन काठमाडौँ पुगे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १५,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।

अहिले प्रशासन कार्यालयमा भीड लागेको छ। भीड बढेसँगै प्रहरीको पनि बाक्लो रूपमा परिचालन गरिएको छ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्।

लामिछाने आज बिहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ,’ गृह स्रोतका अनुसार, ‘प्रशासनबाट लामिछानेको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो । आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिँदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’

जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्नेरनपर्नेबारे जिज्ञासा राखेको थियो ।

प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नू भनी समन्वय गरेको छ । गृह प्रशासन स्रोतले भन्यो, ‘उहाँले सम्भवतः केही घण्टामै नागरिकता पाउनु हुनेछ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस