२०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १५,काठमाडौँ । आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना महामारीले बिथोलेको शैक्षिक सत्र आगामी वर्षदेखि वैशाख १ गतेदेखि नै हुने जानकारी दिए । मन्त्रालयले एक वर्षअघि नै गरेको निर्णयलाई अहिले पुनः जानकारी मात्र गराएको उनको भनाइ छ ।

उनले भने, “२०८० सालदेखि शैक्षिक सत्र पुरानै तरिकाबाट वैशाख १ गतेदेखि सुरु गर्ने मन्त्रालयको निर्णय थियो । अहिले धेरै विद्यालयको चासो विद्यार्थी अभिभावकलाई पनि चासोको भएका कारण अहिले पुनर्ताजकी मात्र गराएका हौँ ।”

पहिले कोरोना महामारीका कारण २०७७ को शैक्षिक सत्र सरेर २०७८ को जेठसम्म चलेको थियो । २०७८ को शैक्षिक सत्र असारदेखि २०७९ को वैशाखसम्म चल्यो । २०७९ को जेठदेखि चलेको शैक्षिक सत्र भने चैतमै सकेर आगामी सालको वैशाख १ गतेदेखि पुरानै तरिकाले शैक्षिक सत्र सुरु गर्ने तयारी मन्त्रालयको रहेको उहाँको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस