राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने पुनर्स्थापित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १५, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौँ । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनर्स्थापित भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिमा चयन गरेको हो ।

आइतबार नै लामिछानेले सबै प्रकृया पुरा गरेर नेपालको नागरिकता समेत हासिल गरिसकेका छन् । नागरिकता हासिल गरेसंगै उनी पार्टी सभापतिमा पुनः चयन गरिएका हुन् । यसअघि उनले शुक्रवार साँझ पार्टीको सभापति पदबाट राजीनामा दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस