अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाण्डौमा

माघ १५,काठमाडौँ । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाण्डौ आइपुगेकी छिन् । उपमन्त्री नुल्यान्ड केहीबेरअघि काठमाण्डौ आउनुभएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

नुल्यान्डले भोलि सोमवार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपमन्त्री नुल्यान्डले आफ्नो दुई दिने भ्रमणमा नेपालको सरकारसँग अमेरिकी साझेदारीको वृहत् एजेन्डामा छलफल गर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकनसमेत गर्ने भन्दै दूतावासले नेपालको सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ ।

३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गरिसकेकी नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञको रुपमा रहेकी छिन् । गएको जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले नेपालको तीन दिने औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यो दोस्रो ठूलो भ्रमण हो ।

संम्बन्धित समचार

Leave a Reply