सुमार्गीसहित महासंघको टोली कोरियामा विविध भेटघाटमा व्यस्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ १५, आईतबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ १५,दक्षिण कोरिया । नेपाल उद्योग बाणिज्य महासंघको टोलीले कोरियाका लागी नेपाली राजदुत महामहिम ज्योति प्याकुरेल भण्डारीलाई भेटेको छ । कोरियास्थित राजदुतावासमा मौसमी कामदार र कोरियानेपाल बीचको व्यपार प्रवर्दनका विषयमा बृहत छलफल भएको भ्रमण टोलीमा रहेका सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलले अनलाइनकेन्द्रलाई बताए ।

उनका अनुसार छलफलमा राजदुत भण्डारीले नेपाली कामदारलाई कोरियामा मौसमी कामको अवसरको लागि सरकार र निजी क्षेत्र भएर समन्वय गरिरहेको बताए । सो क्रममा सभापति सुमार्गीले कोरियाको कृषि प्रविधि र सिपलाई नेपालमा पनि प्रवर्दन गर्न जरुरी रहेको भन्दै मौसमी कामदारको भिषाको पहल गर्नुपर्ने बताए ।

दक्षिण कोरियामा सुर्खेत समाज दक्षिण कोरियाको स्वागत

नेपाली व्यवसायीहरुको टोली अर्थात नेपाल उद्योग वाणिज्य महासंघको टिमलाई दक्षिण कोरियामा सुर्खेत समाज दक्षिण कोरियाले स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ । महासंघका केन्द्रिय सदस्य एवम् कृषि उद्यम केन्द्रका सभापति अरुण राज सुमार्गीको नेतृत्वमा दक्षिण कोरिया पुगेको महासंघको टोलीलाई सुर्खेत समाजले आईतबार दक्षिण कोरिया छियास्थित दुर्गा रेस्टुरेन्टमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजन गरेको हो ।

कार्यक्रममा नेपाली कृषि कामदारको लागि कोरियालाई एक सफल अनि सुरक्षित गन्तव्य बनाउने विषयक अन्तरक्रिया साथै नेपालमा विद्यमान व्यवसायिक सम्भावना तथा चुनौती विषयक छलफल हुने बताइएको छ । सुर्खेत समाजले कोरियावासी सम्पुर्ण नेपालीहरुमा उपस्थितिको लागि अनुरोध समेत गरको छ। स्वागत कार्यक्रममा सुमार्गीले बेमौसमी कामदार कोरिया ल्याउने वातावरणको लागि निजी क्षेत्रले निति बनाउन सहयोग गरिरहेको बताए ।

यसो त सुमार्गी नेतृत्वको टोलीले कोरियामा तोङ्ग्देमुन बिजनेस एसोसिएसनका अध्यक्ष बिपिन कुमार गुरुङ, दक्षिण कोरिया दैलेख समाजका अध्यक्ष आत्मा आचार्य र दक्षिण कोरिया सुर्खेत समाजका अध्यक्ष पुस्कर बुढाथोकीलाई भेटेर नेपालमा विविध सम्भावनाका सवालमा छलफल गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस