देशका धेरै ठाउँको मौसम आंशिक बदली, पानी पर्ने सम्भावना कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १६, काठमाण्डौँ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । हिजो दिनभर खुलेको काठमाण्डौ र आसपासको आकाशमा आज बिहानैदेखि डम्म बादल लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौसहित धेरै ठाउँमा बादल लागेको मौसमविद् बिनु महर्जनले जानकारी दिए । तर, बादल लागे पनि पानी पर्ने सम्भावना भने नरहेको बताए ।

केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परेको थियो । आज पनि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको अनुमान गरिए पनि पश्चिमी न्यून चापीय प्रणाली खासै सक्रिय नभएकाले सम्भावना कम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस