ग्वार्कोमा कार र ट्याक्सी एक-आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

माघ १६,काठमाडौँ । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक-आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

ग्वार्कोस्थित बिएण्डबी अस्पताल नजिकै आइतबार राति दुर्घटना भएको हो। ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार आइतबार मध्यराति साढे १२ बजे एक(आपसमा ठोक्किएका थिए।

दुर्घटनापश्चात् गम्भीर घाइते भएका दुई जनाको उपचारको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा ट्याक्सीमा सवार सुनसरीका सरोजकुमार विक र कारमा सवार मोरङका धनबहादुर बस्नेत रहेका छन्।

घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये कार चालक झापाको विर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था गम्भीर छ।

कार चालक विकले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ।

संम्बन्धित समचार

Leave a Reply