पेरुका राष्ट्रपतिद्वारा तत्काल निर्वाचन घोषणा गर्न आग्रह

माघ १६, काठमाण्डौँ । पेरूमा हप्तौंदेखि जारी हिंसात्मक प्रदर्शनलाई अन्त्य गर्ने उपायका रूपमा समयअगावै निर्वाचन गराउन आइतबार संसदलाई पुनः आग्रह गर्दै अन्यथा आफूले संवैधानिक सुधारको बाटो अवलम्बन गर्ने चेतावनी दिएका छन् ।

गत डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोलाई संसद भङ्ग गर्ने र हुकुमी शासन गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि दक्षिण अमेरिकी देश राजनीतिक सङ्कटमा फसेको छ ।

पेरुको गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार सात हप्ताको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रहरी अधिकारीसहित ४८ जनाको मृत्यु भएको छ ।

संम्बन्धित समचार

Leave a Reply