विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरूको काठमाडौंमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ १६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १६, काठमाडौँ । सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र वित्तिय संस्थाहरूको आतंकविरुद्ध व्यवसायीहरूले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण तयार गर, व्याजदर घटाउ, गरी खान देउ, उद्योग व्यापार बचाऔं,राष्ट्रिय अर्थतन्त्र उठाऔं, बैंकिङ आतंक बन्द गर,बैंकिङ ब्याजदर १ अंकमा ल्याउ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै, उनीहरूले सहज रुपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उच्च ब्याजदरका कारण बैंकहरू सधैं नाफामा हुने तर आफूहरु भने सधैं घाटामा गएको गुनासो उनीहरुले गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस