कृषि विकास बैंकको सीईओमा २२ जनाको दावी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ १६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १६, काठमाण्डौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि २२ जनाको आवेदन परेको छ । तोकिएको समय १५ माघसम्ममा २२ जनाले आवेदन दिएको बैंकले जनाएको छ । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र डेपुटी जनरल म्यानेजर यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय बाणिज्य बैंकका पूर्व डेपुटी सीईओ कबिराज अधिकारीले पनि आवेदन दिएका छन् ।

यस्तै भानु कँडेल, ताराखर अधिकारी, बिष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्री गुरागाईं, रामराज उपाध्याय, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईं, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीले पनि आवेदन दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस