बुवाआमाको कुटाइबाट बालकको मृत्यु

Post Thumbnail

माघ १७, काठमाण्डौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१, टकुचा नालामा मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गरी तीन वर्षीया बालकको हत्या गरेका छन् । दाङको घोराही नगरपालिका–९ स्थायी घर भई हाल बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाले तीन वर्षीय छोरा विमल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तिलकराम विमलका बाबु र उर्मिला सौतेनी आमा हुन् । तिलकराम र उर्मिलाको कुटपिटपछि विमलको माघ १३ गते मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस