आजको मौसम कस्तो छ ?

Post Thumbnail

माघ १८, काठमाण्डौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज देशभरका पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा विहानीपख हुस्सु र कुहिरो लाग्ने हुनाले विहानको समयमा जनजीवन प्रभावित हुनेछ ।

आज प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा मौसम बदली रहने र बाँकी भुभागमा मौसम सफा रहने विभागले जनाएको छ । सो प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस