प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १८, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान बालुवाटारमा भएको भटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका बारेका छलफलमा भएको जनाइएको छ । सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन् ।

नागरिकता पुनः प्राप्ति गरेका रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने बताएका थिए । प्रधानमन्त्री प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस