चीनको नेपाल निति: चिनियाँले घुम्न पाउने देशको सूचीमा नेपाल किन अटाएन् ?

माघ १९,काठमाडौँ । कोभिडअघिसम्म भारतीयपछि सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गर्थे । तर, महामारी सुरु भएपछि चीन सरकारले आफ्ना पर्यटकलाई विदेशमा घुम्न निस्कन कडाइ गरेको छ । चीनले पहिलोपटक ६ फेब्रुअरीदेखि आफ्ना नागरिकका लागि आउटबाउन्ड विदेश घुम्न खुला गर्दै छ । तर, चिनियाँले घुम्न पाउने देशको सूचीमा नेपाल अटाएको छैन । आफ्नो नजिकको छिमेकी देश रहेको चीनले नै अन्य देशमा आफ्ना नागरिक घुम्न जान खुल्ला गर्दा स्थलगत सिमासमेत रहेको नेपालमा घुम्न जान खुल्ला गरेको छैन् ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले २० जनवरीमा प्रकाशित गरेको सूचनामा चिनियाँहरू आउटबाउन्ड टुरिजममा जान पाउने देशहरूमा थाइल्यान्ड, इन्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, युएई, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्विट्जरल्यान्ड, हंगेरी, न्युजिल्यान्ड, फिजी, क्युबा र अर्जेन्टिना रहेका छन् ।

चिनियाँ पर्यटक नआउँदा नेपाली पर्यटन क्षेत्रलाई ठूलो धक्का हुने व्यवसायी मिश्रको भनाइ छ । ‘भारतीयपछि सबैभन्दा धेरै पर्यटक चिनियाँ हुने गर्थे, तर कोभिडपछि चिनियाँ पर्यटक आगमन शून्यजस्तै छ,’ उनले भने, ‘सरकारले कूटनीतिक माध्यमबाट नेपाल सुरक्षित रहेको र चिनियाँहरूलाई नेपाल पनि घुम्न जान सकिने देशको सूचीमा राख्न पहल गर्नुपर्छ ।’
पछिल्लो समय नेपाल भ्रमणमा आउने पर्यटकमा भारतीय, अमेरिका, युके, अस्ट्रेलिया, क्यानडा, बंगलादेश, पाकिस्तान, अस्ट्रिया, जर्मनी, फ्रान्सलगायत देशका धेरै हुने गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply