सुनको भाउ अहिलेसम्मकै महँगो ! प्रतितोला कति पुग्यो ?

माघ १९,काठमाडौँ । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो । यसअघि गएको १२ गते सुनको भाउ बढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो ।

हिजो सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । हिजोको भाउभन्दा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन । सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply