कर लगाउने र सेवामा बाधा पार्ने कामतर्फ दूरसञ्चारको ध्यानाकर्षण

माघ १९,काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न निकायबाट कर लगाउने तथा दूरसञ्चार सेवामा बाधा पार्ने काम भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक सूचना निकालेर प्राधिकरणले नेपालको संविधान, २०७२ को अनुसूची ५ मा दूरसञ्चार सेवा संघको अधिकार क्षेत्रमा पर्ने उल्लेख भएको तर विभिन्न निकायबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार सेवामा बाधा पर्ने किसिमका कार्यहरू गर्ने तथा यसका पूर्वाधारमा हानिरनोक्सानी पुर्याउने गरी भइरहेको जनाएको हो ।

साथै प्राधिकरणले दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्तिमा हानिरनोक्सानी पुर्याउने काम दूरसञ्चार ऐन, २०५३ अनुसार दण्डनीय भएको जनाएको छ । इन्टरनेट सेवा अवरोध हुँदा इन्टरनेटमा आधारित अन्य सेवाहरूमा समेत अवरोध हुने भएकाले प्राधिकरणले गैह्रकानुनी काम नगर्न र नगराउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

साथै दूरसञ्चार पूर्वाधारमा हानिरनोक्सानी पुर्याउने काम भएको पाइएमा नजिकको प्रहरीचौकी वा प्राधिकरणलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply