हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १९, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १९,धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गएराति पक्राउ गरेको हो । उनी मिथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन् ।

यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनकुमार महतो पक्राउ परेका थिए । सिंहलाई मङ्गलवार राति र मण्डललाई मङ्गलवार पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमवार बेलुका नै प्रहरीले पक्रेको थियो । गएको आइतवार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए । चार जना पक्राउ परे पनि फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस