कालिन्चोक दर्शनको आईपीओ बाँडफाट

माघ १९,काठमाडौँ । कालिन्चोक दर्शन लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाट भएको छ । कम्पनीले तीन माघदेखि ६ माघसम्म सर्वसाधारणलाई ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर जारी गरेको थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो । जसको १० प्रतिशतले हुने एक लाख ८ हजार कित्ता सेयर वैदेशीक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।

त्यस्तै पाँच प्रतिशतले हुने ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र २ प्रतिशतले हुने २१ हजार ६०९० कित्ता सेयर कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।

कम्पनीको उक्त आईपीओमा १४ लाख ७३ हजार ९६९ जना आवेदकले १ करोड ६६ लाख ७० हजार ९९० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी गराएको छ ।

उक्त आईपीओ बिहीबार बिहान बाँडफाँट भएको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशीका अनुसार गोलप्रथाबाट आईपीओ बाँडफाट गर्दा आवेदन दिएका ८९ हजार ६४० जना आवेदकलाई गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर दिइएको छ ।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेरो सेयर, कालिन्चोक दर्शनको वेबसाइट र सीडीएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।

संम्बन्धित समचार

Leave a Reply