पार्किङमा रहेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

माघ २०, झापा । पार्किङ गरेर राखिएको मालवाहक ट्रकमा पछाडिबाट आएको अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका १ अन्तर्गत पूर्व(पश्चिम राजमार्गमा गएराति भएको उक्त घटनामा दुई जनाको मृत्यु भएको हो । च्यापिएको अवस्थामा रहेका उनीहरूको शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार उद्धारका लागि तीन वटा जेसिबी परिचालन गरिएको छ । प्रहरीकाअनुसार रड लोड भएको ट्रकका चालक र सहचालकको मृत्यु भएको हो । मृतकमध्ये चालक सुनसरी झुम्काका ३५ वर्षीय मदन चौधरी रहेका छन् । सहचाकको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply