चुनावका लागि विनियोजितमध्ये झन्डै ३ अर्ब रुपैयाँ फिर्ता हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २०, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २०, काठमाण्डौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि तोकिएको रकममध्ये झन्डै तीन अर्ब रुपैयाँ फिर्ता हुने बताए । ।

गएको मङ्सिर ४ गते चुनावको समीक्षाका क्रममा आज सञ्चारकर्मीसँगको छलफलमा प्रमुख आयुक्त थपलियाले चुनावलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको जनाए ।

उनले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव र राष्ट्रिय सभा सदस्यको उपचुनावमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताए । सरकारबाट चुनावका लागि १० अर्ब विनियोजनमध्ये आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएकोमा अहिलेसम्म छ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस