युएईमा नेपालीले जिते ८२ करोड ७० लाख रुपैयाँ बराबरको चिठ्ठा

माघ २१, काठमाडौँ । कतारको दोहामा काम गर्दै आएका रञ्जित कुमार पालले युएईमा ८२ करोड ७० लाख रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा उक्त चिठ्ठा जितेको खलिजा टाइम्सले जनाएको छ ।

खलिजा टाइम्सका अनुसार पालले जनवरी १६ मा खरिद गरेको टिकट नम्बर २३२९३६ ले चिठ्ठा जितेका छन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका छन्। बिग टिकट र्‍याफल ड्रका प्रतिनिधिहरूबाट चिठ्ठा जितेको खबर सुनेर उत्साहित भएका पालले भनेका छन्, ‘म खुशी छु । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु ।’
ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए ।

संम्बन्धित समचार

Leave a Reply