१६औं पटकको अनशनमा डा. केसी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २५, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २५, काठमाडौं । डा. गोविन्द केसीले आफ्नो १६औं अनशन इलाममा सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गरिरहेका केसीले बुधबार दिउँसो ४ः३० बजे इलाम नगरपालिकाको फूलगाँझी भन्ने ठाउँमा अनशन सुरु गरेका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना केही समर्थकको उपस्थितिमा अनशन सुरु गरेका हुन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँग भएको सहमतिभन्दा बाहिर गएर राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पारित गरेको भन्दै केसीले अनशन सुरु गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस