माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुने महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा छलफल हुने बताइएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन गृह मन्त्रालय दिने वा नदिने, राष्ट्रपतिको निर्वाचन, समसामयिक राजनीतिक विषयमा छलफल हुने पनि बताइएको छ ।

यसअगाडि बस्ने भनिएको बैठक पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ को व्यस्तताका कारण स्थगित भएको थियो । बिहीबार बैठक सुरु हुने बित्तिकै स्थगित हुन पुगेको थियो भने त्यसपछि शुक्रबार अन्तिम समयमा बैठक स्थगित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस