सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत

माघ २१, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जसपालाई वेवास्ता गरेको बताएका छन् । जसपाको सरकारमा सहभागिताका विषयमा पार्टी कार्यालयमा विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग छलफल गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘राजनीतिक विचार, एजेण्डा नभएका र परिवर्तन उल्टाउन लागिपरेका दलहरुलाई सत्ता नछोड्न हारगुहार गरिरहेको यो सरकार परिवर्तनको नेतृत्व गरेको राजनीतिक दलप्रति अनुदार देखिएको छ, यो गम्भिर विषय हो,’ उनले भने ।

‘हामीले यो सत्ता गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेल्यौँ, सरकारलाई समर्थन गर्यौँ, विश्वासको मत दियौँ । सत्ता गठबन्धनका सभामुख र उपसभामुखलाई भोट दियौँ । तर प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ’, बस्नेतले भने ।

संम्बन्धित समचार

Leave a Reply