‘नयाँ मतदाताहरु नयाँ दलप्रति आकर्षित भए’ : एकीकृत समाजवादी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २१, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादी पार्टीले नयाँ मतदाताहरु नयाँ दलप्रति आकर्षित भएको निष्कर्ष निकालेको छ । शनिबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा नयाँ मतदाताहरुको भोट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई गएको निष्कर्ष निकालेको हो । ‘धेरैजसो युवा एवं नयाँ मतदाताहरूको मत रास्वपालाई गयो । विदेशमा रहेका युवाहरूले समेत घरमा फोन गरेर रास्वपाको घण्टीमा मत दिन लगाए । उनीहरूले हामीलाई विश्वास गरेनन्। त्यसले गर्दा पनि हाम्रो पार्टीले प्राप्त गर्ने परिणाममा असर पर्‍यो,’ प्रतिवेदनमा उल्लेख छ ।

यस पटकको निर्वाचनमा २५ लाख ६० हजार ६३२ जना नयाँ मतदाता थपिएकोमा उनीहरुको विकर्षण पुराना पार्टी र नेताप्रति देखिएको नेकपा एसको दाबी छ । ‘पुरानालाई होइन नयाँलाई दिउँ’ भन्ने नारा व्यापक रूपमा लगाइएको उल्लेख गर्दै त्यसले नयाँ मतदाताहरूलाई बढी प्रभावित गरेको उल्लेख छ । ‘उनीहरूको रुझान नयाँ पार्टी र तिनका उम्मेदवारहरूप्रति रहन गयो । गणतन्त्र स्थापना भएदेखि यताको समयमा युवा तथा विद्यार्थीहरूलाई राजनीतिक र वैचारिक रूपमा प्रशिक्षित, सङ्गठित र परिचालित गर्ने कार्य राम्ररी हुन सकेन जसले गर्दा स्पष्ट दृष्टिकोण भएका युवाहरू ‘नयाँ र युवाहरूको नेतृत्व’ भन्ने नारामा आकर्षित भए,’ प्रतिवेदनमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस