पालिका र जिल्ला समन्वय समितिलाई खर्च कटौती गर्न परिपत्र

माघ २१, काठमाण्डौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र पालिकालाई चालु आर्थिक वर्षको खर्चमा २० प्रतिशतसम्म कटौती गर्न परिपत्र गरेको छ । अर्थ मन्त्रालयले सङ्घीय सरकारको चालु खर्चमा खर्च कटौती गर्ने निर्णय गरेअनुसार पालिका र जिससलाई पनि खर्च कटौती गर्न परिपत्र गरिएको हो ।

सङ्घीय मामिला मन्त्रालयले खर्च कटौती गर्न मिल्नेसम्मका शीर्षकमा खर्च कटौती गर्न भनेको छ । विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा परेको प्रभाव र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन नभएकाले बजेट कटौती तथा खर्च रोक्का गर्न भनिएको छ ।

सबै पालिका र जिससले विनियोजित बजेटको खर्च भइ बाँकी रहेको दायित्व सिर्जना भइसकेका बाहेक बजेट तत्काल लागू गरी २० प्रतिशत कटौती गर्न आग्रह गरिएको छ । सङ्घीय सरकारले कर्मचारीको तालिम खर्च, सिप विकास तथा जनचेतना, गोष्ठी, कार्यक्रम खर्च, अनुगमन तथा मूल्याङ्कन खर्च, मेसिनरी तथा औजार कटौती गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै गाडी मर्मत खर्च, नियमित सार्वजनिक सम्पत्तिको मर्मत खर्च, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन, सेवा परामर्श खर्च र अन्य कार्यालय सञ्चालन खर्चलगायतका शीर्षकको खर्च कटौती गर्ने निर्णय पनि भएको छ ।

संम्बन्धित समचार

Leave a Reply