बैंकिङ कसूरका घटना बढ्दो

माघ २१, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत पाटन, ललितपुरको फैसलाले रु एक करोड १९ लाख ७३ हजार बिगो बराबरको जरिवाना ठहर ग¥यो । गत भदौदेखि फरार रहेका उनलाई दुई दिनअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा रु नौ लाख ६० हजार बिगो कायम भएका ४७ वर्षीय भीमबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएका यी प्रतिनिधि घटना हुन् । तर कसूर प्रमाणित भएर फरार रहेका र बैंकिङ् कसूरका सयौँ आरोपी अझै फरार सूचीमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरको तथ्याङ्कअनुसार बैंकिङ अपराधका मुद्दा दर्ता अत्यधिक छन् । प्रहरी उपरीक्षक मैनालीका अनुसार आर्थिक वर्ष २०७७र७८ मा एक हजार सात सय ४१ बैंकिङ कसूरका मुद्दा दर्ता भएका थिए । आव २०७८र७९ मा दुई हजार सात सय १५ मुद्दा दर्ता भएकामा चालु आवको पुस मसान्तसम्ममा दुई हजार नौ सय ९९बैंकिङ कसूरका मुद्दा दर्ता भएका छन् ।

एसपी मैनाली नागरिक जति सहजरुपमा बैंकिङ पहुँचमा पुगेका छन् ‘बैकिङ कसूर तथा सजाय ऐन, २०६४’ को प्रावधानबारे सचेत नहुँदा जोखिम बढिरहेको बताउछन् । यसले प्रहरीमा मुद्दाको चाप बढ्नुका साथै संलग्न व्यक्ति हिरासतमा पर्नु, संस्था कालो सूचीमा पर्नु र न्याय निरुपण गर्ने क्रममा मुद्दाको फैसला हुँदा कैद र जरिवाना भइ फरार रहनेको सङ्ख्या तीव्ररुपमा बढिरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply