इङ्लिस प्रिमियर लिग: उल्भ्ससँग लिभरपुल ३–० गोलले पराजित

माघ २२,काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुल घरेलु टोली उल्भ्ससँग ३–० गोलले पराजित भयो ।

उल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गरे । उसले एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै उल्भ्सको २१ खेलबाट २० अङ्क भएको छ । उल्भ्स १५औं स्थानमा छ । पराजित लिभरपुल २० खेलमा २९ अङ्कका साथ १०औं स्थानमा रहेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हराएको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे ।

क्रिस्टल प्यालेसका जेफ्रेले एक गोल फर्काए । खेलको ७०औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटिएको थियो । जितसँगै युनाइटेडको २१ खेलमा ४२ अङ्क भएको छ । युनाइटेड तेस्रो स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस २१ खेलमा २४ अङ्कका साथ १२औं स्थानमा छ ।

संम्बन्धित समचार

Leave a Reply