नेकपा एस र रास्वपाको छुट्टाछुट्टै बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २२, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । काठमाडौंमा सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव डा। बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्ने क्रम जारी छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बिहान ११ बजे बस्दैछ । शनिबार राति साढे ८ बजेदेखि आकस्मिक रूपमा बसेको रास्वपाको बैठकमा आज पुनः बसेर निर्णयमा पुग्ने सहमति भएको हो । सभापति रवि लामिछानेले आवश्यक परेमा आइतबार संसदमा नगईकन बैठकमा सहभागी हुने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस