पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

माघ २२, काठमाडौँ । काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।

प्रहरी का अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रहरीका अनुसार छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएका छ । बुबा किशोर झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?