मधेस प्रदेशको विषयगत समिति बाँडफाँटमा सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २२, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २२, धनुषा । मधेश प्रदेशको विषयगत समिति बाँडफाँटमा दलहरूबीच सहमति भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एकरएक विषयगत समिति पाउने गरी सहमति गरिएको बताइएको छ । प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व रहेकामा सातवटा दलले संसदीय दलको मान्यता पाएका छन् । ती सबै संसदीय दलले एकरएक विषयगत समिति पाउने सहमति भएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए । उनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लेखा समितिको जिम्मेवारी पाएको छ ।

अर्को प्रतिपक्षी दल लोसपाको भागमा महिला बालबालिका तथा सामाजिक न्यायसमिति र नेकपा एकीकृत समाजवादीको भागमा प्रदेश मामिला समिति परेको छ । बाँकी रहेको चार वटा विषयगत समितिमा सत्ता साझेदार दलले एकरएक वटा बाँडफाँड गरेका छन् । संसद्मा सबैभन्दा ठूलो दल नेकपा एमालेले कृषि तथा भूमि व्यवस्थापन समिति पाएको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी जसपाले विकास समिति आफैँसँग राखेको छ भने नेकपा माओवादी केन्द्रलाई प्राकृतिक स्रोत तथा वातावरण समिति र जनमत पार्टीलाई अर्थ तथा योजना समितिको जिम्मेवारी दिइएको छ ।

अब प्रदेशसभाले विषयगत समितिमा सांसदलाई बस्न आह्वान गर्ने र सो आह्वान पछि दलहरुले आन्तरिकरूपमा विषयतगत समितिको सभापति चयन गर्ने बुझिएको छ । एउटा समितिमा सभापतिसहित १३र१४ जना सदस्य रहनेछन् । प्रत्येक समितिमा सबै दलको प्रतिनिधित्व रहने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस