ओलीले भने__’राष्ट्रपति, सभामुख पदमा कांग्रेसले खिचोला खडा गर्यो’

माघ २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदको निर्वाचनमा खिचोला खडा गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेसले विश्वासको मत दिए पनि ‘ढोक्सामा माछा नपर्ने’ बताए ।

“कांग्रेसले गरेको यस व्यवहारलाई सरकारमाथि गरेको विश्वास मान्न सकिँदैन । बरु, राष्ट्रपति, सभामुख पदमा खिचोला खडा गर्ने दुराशय देखिन्छ । हिजो मात्रै कांग्रेसका पूर्वमन्त्रीले खुलस्त गर्नुभयो,” ओलीले भने ।

संम्बन्धित समचार

Leave a Reply