सुनको मूल्य बढ्यो, चाँदी स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ २३, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य स्थिर रहेर आज सोहि मूल्यमा कारोबार भईरहेको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ।

संम्बन्धित समचार

Leave a Reply