वुमेन्स टी–२० स्म्याश : नेपाली महिला टोलीको घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष २५, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौं । आउँदो शनिबारदेखि थाइल्याण्डमा हुने वुमेन्स टी–२० स्म्याशमा सहभागिता जनाउने नेपाली महिला टोलीको घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजनमा घोषित टोलीको नेतृत्व रुबिना क्षेत्रीले गर्नेछिन् । टिमका सदस्यहरु यसप्रकार छन् : रुबिना क्षेत्री बेलबासी (कप्तान), सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु वर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता कुमारी चौधरी, विन्दु रावल

टिमको प्रशिक्षण विनोद दासले गरिरहेका छन् ।

थाइल्याण्डमा हुने प्रतियोगिताका लागि नेपाली टिम शुक्रबार त्यसतर्फ प्रस्तान गर्नेछ । प्रतियोगितामा नेपाल, थाइल्याण्ड, भुटान, हङकङ, इण्डोनेसिया, मलेसिया, तान्जानिया, श्रीलंका नेभी, कुवेत र नामिबिया छन् । नेपालले शनिबार तान्जानियाविरुद्धको खेलबाट प्रतियोगिता शुरु गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस