टर्कीमा अर्को शक्तिशाली कम्पन , ज्यान गुमाउनेको सङ्ख्या १२ सय जना नाघ्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ माघ २३, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २३,काठमाडौँ । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको टर्कीमा दिउँसो एक बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ ।

बिहान भूकम्प गइसकेपछि त्यहाँ थुप्रै परकम्पहरू गइरहेका अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि ठूलो जनधनको क्षति भएको छ । दुवै देशमा गरेर अहिलेसम्म कम्तीमा एक हजार दुई सय जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । दुई हजारभन्दा धेरै व्यक्ति घाइते भएका छन् ।

अहिले खोजी र उद्धार चलिरहेकाले ज्यान गुमाउने तथा घाइते हुनेको सङ्ख्या अझै धेरै बढ्न सक्ने बीबीसीले जनाएको छ । भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । प्रभावित क्षेत्रको अवस्था निकै कष्टकर बनेको छ ।

भूकम्पबाट लाखौँ मानिस प्रभावित भएका छन् । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको बीबीसीको खबरमा उल्लेख छ । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस