माघ २३,काठमाडौँ । धुनिवेशी नगरपालिकाले नगरपालिकाको १२ औँ नगरसभा स्थगितको विषयमा केहि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका कुरा भ्रामक र असत्य भएको जनाएको छ । नगरपालिकाका प्रवक्ता रमेश प्रसाद आचार्यको हस्ताक्षर सहित जारी प्रेस विज्ञप्तीमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका कुरा भ्रामक र असत्य भएको भन्दै त्यस्ता कुराको पछि नलाग्न नगरबासीमा अनुरोध गरिएको छ ।
विज्ञप्तीमा नगरपालिका प्रमुख बालकृष्ण आचार्य अस्वस्थ भई उपस्थित हुन नसकेपछि उपप्रमुख सुरज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले नगरप्रमुख आचार्यको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नगरसभाको अर्को मिती तय नहुँदा सम्मको लागि नगरसभा स्थगित गर्ने निर्णय गरेको विषयलाई अतिरञ्जित बनाईएको उल्लेख छ ।
यसैबीच अनलाइनकेन्द्रले बिरामी अवस्थमा रहेका नगरप्रमुख बालकृष्ण आचार्यसंग सम्पर्क गरेर भेला नगरसभा स्थगनका सवालमा सोध्दा आफु विगत केहि दिनदेखि बिरामी परेर आराम गरिरहेकोले नगरसभाको स्थगनका बारेमा नगरपालिकाले आधिकारिक धारणा ल्याइसकेको बताए । उनले मिडियाका साथीहरुले बिरामी पनि हुन नदिएको भन्दै दुखेसो पोखे । उनले भने-‘अब त बिरामी भएर बस्दा पनि अनेक कपोलकल्पित भ्रामक हल्ला फैल्याउन थाले ।’ नगरपालिका स्रोतका अनुसार नगरसभा स्थगन कुनै विवादका बीच नभई नगरप्रमुखको स्वास्थ्य अवस्थाका कारण भएको बताइएको छ ।
यस्तो छ, प्रेस विज्ञप्ती