बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २९,काठमाडौँ । समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा छलफल हुने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

त्यसैगरी, बैठकमा मन्त्रिपरिषद् पूर्णताबारे यसअघिको बैठकमा पनि छलफल भएकाले आज पनि त्यसमा छलफल हुने भएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्षनेताहरू सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस