मेट्रो अटो सेण्टर गठाघरको दशौं बार्षिकोत्सव सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ २९, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २९,भक्तपुर । होण्डा कम्पनीका उत्पादन होण्डा मोटरसाइकल तथा स्कुटरहरु बिक्रिको लागि भक्तपुर गठाघरस्थित स्याकार कम्पनीको अधिकृत बिक्रेता मेट्रो अटो सेण्टरले आफ्नो दशौं बार्षिकोत्सव मनाएको छ । सो क्रममा विभिन्न कार्यक्रमहरु समेत भएका थिए । उक्त कार्यक्रमको समुद्वघाटन कार्यक्रमका प्रमुख अतिथी पूर्व उद्योग मन्त्री महेश बस्नेत र होण्डा स्याकार कम्पनीका अध्यक्ष शौरभ ज्योतिले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रमको सभापतित्व मेट्रो अटोका अध्यक्ष शारदा न्यौपानेले गरेकी थिइन् ।

मेट्रो अटो सेण्टरका प्रबन्ध संचालक मिलन सिग्देलले मेट्रो अटोले दशौ बार्षिकोत्सव मनाउन लागेकोमा हर्षित भएको जनाउदै प्रमुख अतिथीलगायत सबैलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटो व्यवसायले महत्त्वपूर्ण योगदान गरेको सन्दर्भ उठाउदै पछिल्लो समयमा सरकारको नीतिको कारणले असहज भए पनि नयाँ सरकार बनेपछि अर्थमन्त्रीले केही खुकुलो नीति अपनाएकोले छिटै अटो ब्यवसाय पुरानो लयमा फर्किने र राजस्वमा पहिले जस्तै महत्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गरे ।

यसै सन्दर्भमा स्याकार कम्पनीका अध्यक्ष तथा नाडाका पूर्व अध्यक्ष शौरभ ज्योतिले अटोमोबाइल्स व्यवसायले रोजगारी तथा राजस्वमा पुर्याएको योगदानको बारेमा चर्चा गर्दै भक्तपुर जिल्लामा मेट्रो अटो सेण्टरले ग्राहक वर्गलाई पुर्याएको उत्कृष्ट सर्भिस, स्पेयर पार्ट्स र सेल्सको योगदानको उच्च प्रशंसा गरे । भक्तपुरक्षेत्रमा होन्डाको बजार शेयर झन्डै ३९ प्रतिशत पुर्याएकोमा सम्पुर्ण टिमलाई धन्यवाद र आभार ब्यक्त गरे ।

यसै अवसरमा होण्डा मेट्रोको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईं मार्फत मेट्रो अटोबाट रु. २५ हजार र स्याकार ट्रेडिङ्ग कम्पनीको तर्फबाट रु. ५० हजारको चेक हस्तान्तरण गरिएको थियो । अन्तमा सबैलाई धन्यवाद दिदै मेट्रो अटोका प्र अध्यक्ष शारदादेबी लुइटेलले मेट्रो अटोबाट सदैब भक्तपुरबासीलाई गुणस्तरीय सेवा दिने प्रतिवद्वता व्यक्त गर्दै सभा विसर्जन गरेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस