चिनीको मूल्य बढाइयो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । सरकारले उद्योगीको मागअनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका छन् । उपभोक्तालाई भार पर्नेगरी चिनी उद्योगीले फ्याक्ट्री मूल्य नै प्रतिकिलो सात रुपैयाँ बढाएका हुन् ।

नेपाल चिनी उद्योग संघका अनुसार यो वर्ष चिनीको फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । गत वर्षको तुलनामा मूल्य ६ रुपैयाँ ९१ पैसा बढी हो ।

उपभोक्तासम्म पुग्दा चिनीको मूल्य ८५ देखि ९० रुपैयाँ पर्छ ।

सरकारले उखुको मूल्य नबढाए पनि उद्योगीले चिनी आयातमा प्रतिबन्ध लागेको मौका छोपेर भाउ बढाउने निर्णय गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस