अकुत सम्पत्ति छानबिनमा अख्तियार सक्रियः गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिवविरुद्ध मुद्दा दायर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ ।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो दिन सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुन सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको छ ।

 

वन तथा वातावरण मन्त्रालयका कार्यरत सहसचिव श्रेष्ठको सम्पत्तिमध्ये एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँको स्रोत नखुलेपछि आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

छानबीनका क्रममा उनीसँग तीन करोड ४४ लाख सात सय ७५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस