नेकपा एसका अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव बिनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष नेपाल र विदेश सचिव क्वात्राबीच भेटवार्ता भएको हो । नेपाल–भारत सचिवस्तरीय उच्च संयन्त्रको बैठकमा भाग लिन आएका क्वात्राले सोमबार राष्ट्रपति बिद्यादवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्ता राउतलगायतसँग भेटवार्ता गर्दैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस